काठमाडौं, २९ भदौ । राष्ट्रिय बैद्धिक सम्पत्ति संरक्षण नीति निर्माणका लागि मन्त्रीस्तरिय पहलको शुरुवात भएको छ ।
आज उद्योगमन्त्रालयमा उद्योगमन्त्री महेश बस्नेत र पर्यटनमन्त्री कृपाशुर शेर्पाबीच बौद्धिक सम्पत्ति संरक्षण नीति निर्माणका विषयमा छलफल सम्पन्न भयो ।
उक्त छलफलमा हाल उद्योगमन्त्रालयले हेदैँ आएको औद्योगिक बौद्धिक सम्पत्ति र पर्यटनमन्त्रालयले हेदैँ आएको संस्कृति, कला, साहित्य र सङ्गीत लगायतका सबै बौद्धिक सम्पत्तिलाई एकिकृत गर्न राष्ट्रिय बैद्धिक सम्पत्ति संरक्षण नीति निर्माणका लागि अधिकार सम्पन्न समिति गठन गरी काम अगाडी बढाउने निर्णय भयो ।
बैद्धिक सम्पत्ति संरक्षण नीति निर्माण समितिको नेतृत्व उद्योग सचिव जयमुकुन्द खनाल र पर्यटन सचिव दिनेशकुमार थपलियाले गर्नुहुनेछ । साथै उक्त समितिले नीति निर्माणका साथै बैद्धिक सम्पत्ति संरक्षणका लागि विभागस्तरिय छाता संगठन गठनका लागि पहल गर्नेछ ।
राष्ट्रिय बैद्धिक सम्पत्ति संरक्षण नीति निर्माणका विषयमा प्रतिक्रिया दिदैँ संगीतकार सुरेश अधिकारीले संगीत, कला, साहित्य रचना, चलचित्र लगायतका बौद्धिक रचनालाई एकिकृतरुपमा हेर्ने निकायको खाँचो रहेको बताउनुभयो । ‘हामी दक्षिण कोरियाको मोड्यालीटीमा जान सक्छौ । त्यसका लागि राज्यले अधिकार सम्पन्न स्टेरिङग कमिटि ९कतभभचष्लन अयmmष्ततभभ० को व्यवस्था गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
सो छलफलमा उद्योग सचिव जयमुकुन्द खनाल, पर्यटन सचिव दिनेशकुमार थपलियाको समेत सहभागिता रहेको थियो ।















प्रतिक्रिया