३० आश्विन २०८३, शुक्रबार

संविधान बन्ने निश्चित भएपछि मधेसी मोर्चाको खुट्टा काम्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २८ भदौ ।एक महिना लामो बन्द र हड्ताल गर्दा पनि प्रमुख दलले मागहरुको सुनवाइ नगरेपछि संयुक्त मधेशी मोर्चाका नेताहरु आन्दोलनलाई अझै निरन्तरता दिने निष्कर्षमा पुगेका छन् ।

सोमबार साँझ मोर्चाका शीर्ष नेताहरुले अनौपचारिक छलफल गरी आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । “अहिले नभए, कहिल्यै नहुने” भन्दै मधेशी मोर्चाले आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा पुगेको उनको भनाइ छ ।

१ महिने लामो आन्दोलनको समिक्षा र आगामी दिनमा आन्दोलनलाई कसरी लैजाने भन्नेमा अहिले मोर्चाका नेताहरु जुटिरहेका छन् ।

यता, बिभिन्न स्थानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले मधेशी नेताहरुले खुट्टा कमाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । अहिलेको आन्दोलन निर्णायक भएको हुँदा बीचमै खुट्टा नकमाउन उनीहरुले आग्रह गरेका छन । संघीय मधेशी मोर्चाले रुपन्देहीको धकधईमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले “मधेश अलग देश नभई मधेश प्रदेश” माग गरेको हुँदा आफूहरुको माग पुरा हुने दावी गरे । यादवले सरकारले वार्ताको वातावरण बिगारेर देशमा द्धन्द्ध निम्ताउन खोजेको आरोप लगाए । उनले अहिले मधेशी दलका शिर्ष नेताहरु वार्ताको लागी गए पनि वार्ताको दौरान आन्दोलन नरोकिने बताए । आन्दोलनको अर्को चरण स्वरुप मधेशमा रहेका बिभिन्न कार्यालयहरुमा मधेश सरकार लेख्न कार्यकर्ताहरुलाई निर्देशन दिए अनुरुप अहिले मधेश सरकार लेख्न शुरु गरि सकिएको दावी गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले मधेशीहरु बिभिन्न मोर्चा गठन गरि अलग अलग जानु भन्दा भन्दा पनि एक भएर गए शीघ्र लक्ष्य प्राप्ति हुने सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता ताहिर अलीले अहिले नेकपा एमाले भित्रका मधेशीहरु पनि आन्दोलनलाई गम्भिरताका साथ लिन पार्टी पंक्तिलाई दबाव दिई रहेको जानकारी गराए । मधेशीहरुको मागलाई बेवास्ता गरि संविधान ल्याए देशमा अशान्ति फैलिने भएकोले माग सम्बोधन गर्न दबाव दिईने उनले बताए ।