काठमाडौं, २८ भदौ । राजधानीको सितापाइलास्थित रिङरोडमा बिकेटी टायरको सोरुम संचालनमा आएको छ ।
डेल्टा डिस्ट्रिब्यूटर प्रालिले नेपाली बजारमा ल्याएको बिकेटी टायरको सोरुमबाट टायरका बारेमा जानकारी दिनइन्फर्मेशन सेन्टर अत्याधुनिक सोरुम संचालनमा ल्याएको हो । नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन नेपालका अध्यक्ष शेखर गोल्छा र एफक्यानका अध्यक्ष सरद गौचनले संयुक्त रुपमासो सेन्टरको सोमबार उद्घाटन गरेका हुन् ।
सेन्टरबाट टायरका बारेमा अडियो भिजुवल तथा टायर उत्पादन प्रक्रियाका साथै टायरको बिश्व बजारकाबारेमा उपभोक्ता तथा बिक्रेताले जानकारी लिन सक्ने डेल्टा डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक विनित सिंघानियाले बताए । अफरोड सेगमेन्ट अन्तर्गत बिकेटी टायरका बिभिन्न रेन्जकाबारेमा इन्फर्मेशन सेन्टरबाट जानकारी दिने बताउँदै सिंघानियाले बिकेटीले खासगरी अफ द हाइवे सेगमेन्टका टायर उत्पादन गर्दै आएको र अन्य कम्पनीकामा प्रोडक्सनका भेइकलका टायरतर्फ ध्यानदिएको समयमा बिकेटीले सन् ९० को दशकमा यो क्षेत्रमा हातहालेको बताउनुभयो ।
भारतमा ख्याति कमाएको बालकृष्ण टायर इन्ड्रटिजबाट उत्पादित टायर उच्च हर्स पावरयुक्त ट्रयाक्टर, कम्बाइन हार्भेस्टर, जिपिएस कन्ट्रोल्ड भेइकल, आर्टिक्युलेटेड डम्प ट्रक, हाइ–स्पिड क्रेन, सफिस्टिकेटेड पोर्ट भेइकल र कन्टेनर ह्यान्डलर आदिमा यसका उत्पादन प्रयोग हुन्छन् ।
नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन नेपालका अध्यक्ष शेखर गोल्छाले ह्याभी इक्युपमेण्टको टायरकाबारे जानकारी दिन खोलेको इन्फर्मेशन सेन्टर अत्याधुनिक र अन्तराष्ट्रिय स्तरको रहेको बताउनुभयो ।
हाल विकेटीको उत्पादन बिश्वका ५ महादेशका १ सय ३० भन्दा बढी राष्ट्रमा बिक्री वितरण भइरहेका छन् । इन्डष्ट्रियल, कन्स्ट्रक्सन र एग्रिकल्चरल टायर सेगमेन्टमा का उत्पादन अन्तर्राष्ट्रिय रुपमै ओइएमका रुपमा प्रयोग गर्न रुचाइने गरेको छ । विकेटी टायर उत्पादनका लागि ४ सय ५० विभिन्न स्टेज पार गर्नुपर्छ । हाल भारतका विभिन्न ४ स्थानमा विकेटीका अत्याधुनिक म्यानुफ्याक्चरिङ प्लान्ट छन् । हाल विभिन्न प्रयोजनका लागि विकेटीले २ हजार ३ सय फरक फरक स्टक किपिङ युनिट उपलब्ध गराउछ । कम्पनीले ट्रेलर, फोर्कलिफ्ट आदिका लागि ५ देखि ५४ इन्चको रिम डायमिटर भएका टायर उत्पादन गर्छ ।
अल–स्टिल रेडियल ओटिआर टायर उत्पादन गर्ने पहिलो भारतीय टायर कम्पनीको रुपमा पनि विकेटीको पहिचान कायम भएको छ । सन् २००८ देखि विकेटीले यस्ता टायर उत्पादन गर्न थालेको हो । राजस्थानको चोपाङ्कीमा अवस्थित अल–स्टिल रेडियल प्लान्टबाट रिजिड डम्प ट्रकदेखि स्नो म्यानुभरिङ भेइकल जस्ता ओटीआर भेइकलका लागि आवश्यक टप अफ द लाइन रेडियल टायर उत्पादन हुन्छन् ।
माइनिङ र इन्डष्ट्रियल सेगमेन्टमा विकेटीका २० इन्च डायमिटरका टिपर ट्रक साइजदेखि ५१ इन्च डायमिटरका रिजिड ट्रक साइजका टायर उपलब्ध छन् । यसले गर्दा यो सेगमेन्टका सबै टायर पाउन सकिन्छ ।
विकेटीले आवश्यकताको अनुभव गरी पोर्ट टायरको समेत उत्पादन गरेको छ । विकेटीले हालै मात्र बिशेष गरी हाइ स्पिड क्रेनका लागि उपयुक्त अल्ट्रा एड्भान्स्ड टायरको उत्पादन गरेको छ । कृषि कार्यका लागि उपयुक्त एग्रिकल्चरल टायरका रुपमा समेत विकेटीका टायर लोकप्रिय छन् । फिल्डमा थोरै मात्र माटोमा प्रभाव पार्ने गरी अन तथा अफ रोड दुवैमा उपयुक्त हुने गरी विभिन्न रेन्जका ट्रयाक्टर टायर उपलब्ध छन् ।
नेपालमा पनि हाल विभिन्न क्षेत्रमा निर्माण कार्य चलिरहेको छ । त्यसैले निर्माण क्षेत्रका लागि ट्रयाक्टर, ट्रक र अन्य विभिन्न हेभी गाडीहरु उपयोगमा आइरहेका हुन्छन् । यो अवस्था मा ति क्षेत्रका लागि विकेटीका टायर उपयोग गर्न सकिन्छ । सीमेन्ट र अन्य औद्योगिक उत्पादनमा समेत यी टायर उपयोगी हुन्छन् । नेपालमा डेल्टा डिष्ट्रिब्युटर्सले विकेटीका टायर बिक्री–वितरण गरिरहेको छ ।

















प्रतिक्रिया