काठमाडौं, २८ भदौ । मधेसबाट निर्वाचित नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले पार्टीको निर्देशन नमान्ने बताएका छन् ।
आइतबारदेखि संविधानसभामा नयाँ संविधानको संशोधन विधेयकमाथि सुरु भएको मतदान प्रक्रियामा सहभागी नभएका अमरेशले पेलेर संविधान जारी गरिए अलग पार्टी बनाउने चेतावनी समेत दिएका छन् ।
कांग्रेसले मतदान प्रक्रियामा अनिवार्य उपस्थित हुन सभासदलाई निर्देशन दिएपनि अमरेशसहित कांग्रेसका पाँच सभासद सहभागी भएका छैनन् । आफूहरु सोमवारको मतदानमा पनि सहभागी नहुने अमरेशकुमारले बताए ।
मधेसबाट कांग्रेसका सभासद अमरेशकुमार सिंह, सुरेन्द्र चौधरी, राम अयोध्या यादव, दिनेश परसैला र तेजुलाल चौधरीले पार्टीको निर्देशन उल्लंघन गरेका छन् । पाँचैजना मधेसबाट प्रत्यक्ष निर्वाचित सभासद हुन् ।
मतदानमा अनिवार्य उपस्थित हुनुपर्ने भनी संसदीय दलले जारी गरेको निर्देशन नमान्ने सभासदलाई बिधानबमोजिम कारवाही हुने प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए ।















प्रतिक्रिया