३० आश्विन २०८३, शुक्रबार

हामीलाई थारु राज्य चाँहिदैन अधिकार देउ, प्रहरी मार्ने अपराधी हो : शान्ता चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

santa-chaudhary

मोरङ, २७ भदौ । नेकपा एमालेकी नेतृ एंव पूर्व सभाषद् शान्ता चौधरीले जातीय आधारमा राज्यको विभाजन कुनैपनि हालतमा हुन नसक्ने बताउनुभएको छ ।

आइतबार मोरङको उर्लाबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूहरुलाई अधिकार चाहिएको तर, जातीय राज्य कुनै हालतमा बनाउन नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो- यत्रो जातजाति, भाषाभाषी सबैको चित्त राज्यले बुझाउन सक्दैन, राजनीतिमा जातीय मुद्दा ल्याउनु नै सबैभन्दा ठूलो राजनीतिक दलहरुको भूल हो ।’

जातीय राजनीतिको प्रतिफलले नै देश द्धन्द्धतर्फ उन्मुख भएको उहाँको भनाई छ । आफू थारु विरोधी नभएको उल्लेख गर्दै थारुहरुलाई बदनाम गराउन सुनियोजित रुपमा कैलाली घटना घटाइएको उहाँको दाबी छ । थारुहरुको जायज माग सरकारले पूरा गर्नुपर्नेमा जोड दिदै शान्ति पूर्वक रुपमा आन्दोलनमा आफ्नो समर्थन हुने उहाँले बताउनुभयो ।

उहाँले हिंसात्मक आन्दोलनमा भने आफ्नो समर्थन नरहने प्रष्ट पार्नु भएको छ । बर्षौदेखिको सद्भाव बिथोल्ने कार्य कसैले गर्न नहुने उहाँको भनाई छ । देशका विभिन्न स्थानमा भइरहेका आन्दोलनको शैली अराजक भएको उहाँको भनाई छ ।

‘देशलाई माया गर्ने सबै नेपालीहरुको निम्ति यो दुःखद एवम् निन्दनीय घटना हो’, उहाँले भन्नुभयो– ‘यस्तो घटनाको समर्थन गर्ने कोही पनि सच्चा नेपाली हुनै सक्दैन ।’ लोकतन्त्रमा आफ्ना माग राख्न पाउने अधिकार सबैलाई भएपनि हत्या हिंसा जस्ता घटना हुनु गलत भएको उहाँको भनाई छ ।

आफूले १८ वर्ष दासी जीवन बिताएको उल्लेख गर्दै उहाँले भन्नुभयो -‘कमैया कम्लहरीलाई थारु हुँदाको पीडा जति छ त्यति अरुलाई छैन । उनीहरुलाई अधिकार दिनुपर्छ, जातीय राज्य होइन् । तर, थारुहरु अन्यायमा छन् भन्ने नाममा फेरि पनि हिंसात्मक आन्दोलनमा उत्रिने होइन ।’