काठमाडौं । मिस यूथ नेपाल–२०१५ का प्रतिस्पर्धीहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
बागबजारस्थित बागबजार प्लाजामा शनिवार सम्पन्न ट्यालेन्ट शोमा प्रतियोगिताका ३१ जना सहभागिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । भदौ ३० गते बुधवार सम्पन्न हुने निर्णायक प्रतिस्पर्धाअघि आयोजना गरिएको ट्यालेन्ट शोमा सहभागिहरुले नृत्य, गायन, अभिनय, कवितावाचन, वतृत्वकला आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
नेपालमा पहिलो पटक सहभागिले शुल्क बिना नै सहभागिता जनाएको यो सौन्दर्य प्रतियोगिताका प्रतिस्पर्धीहरु विगत तीन सातादेखि क्याटवाक, व्यक्तित्व विकाससहितका विधामा प्रशिक्षण लिइरहेका छन् । कला सुव्वाले कोरियोग्राफ्री गरिरहेको यो प्रतियोगिताको प्रशिक्षणको क्रममा निर्देशक दिनेश डिसी, सुमन दाहाल, गायक राजेश पायल राई, बलिउड चलचित्र निर्देशक सन्तराम, फोटोग्राफर शिवलाल श्रेष्ठ, कलाकार तथा क्याप्टेन विजय लामा आदिले व्यक्तित्व विकास, सञ्चार क्षमता, मोटिभेसन आदि विषयमा प्रशिक्षण दिएको आयोजक ट्रिक मिडियाका सञ्चालक नहकुल खड्काले बताएका छन् ।
गायक सपन श्रेष्ठ तथा रेवतराज राई, संगीतकार सुमन राई, कलाकार बिपना बस्नेत, निर्देशक सुमन दाहाल तथा भिजे नवराज कडरिया ट्यालेन्ट शोको निर्णायकको रुपमा रहेका थिए ।
















प्रतिक्रिया