१ कार्तिक २०८३, शनिबार

तेरियाको भाग्यको फैसला आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teria-magar

काठमाडौं, ७ असार । भारतीय टेलिभिजन च्यानल जी टिभीको रियालिटी शोमा तहल्का पिटेकी नेपाली बालिका तेरिया फौजा मगरको भाग्यको फैसला आज हुँदैछ ।

रियालिटी शो डीआइडी लिटिल मास्टर्स ३ को ग्रान्ड फिनाले शनिबार हुन लागेको हो ।

भोटिङका लागि शनिबार २ बजेसम्मको समय तोकिएको छ । दर्शकबाट जसले धेरै भोट पाउँछ, उसैले प्रतियोगिताको उपाधि चुम्ने बताइएको छ । यो उपाधि जिते तेरियाले ५० लाख भारुका साथै एउटा कार पाउनेछन् भने अन्य तीन जनाले पनि नगदसहित उपहारहरू प्राप्त गर्नेछन् ।

तेरियासँगै फाइनलमा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेल, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री र भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टीले पनि प्रतिस्पर्धा गर्दैछन्।

४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अडिसन राउन्ड देखि नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी ११ वर्षीया तेरिया बुटवलकी हुन् । सामान्य परिवारमा जन्मिएकी तेरियाबुटवलस्थित बागेश्वरी संगीतालयमा पाँच वर्षदेखि नृत्य सिक्दै आएकी थिइन् । वुटवलको रुद्रपुरस्थित पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत तेरिकी आमा सोही विद्यालयमा क्यान्टिन चलाउँछिन् । बुबा भने रोजगारीका लागि दुवईमा छन्। यो रियालिटी शोको फाइनलसम्म पुग्ने नेपालमै जन्मिएको तथा सबैभन्दा कम उमेरकी तेरिया नै हुन् ।

नेपाली छोरी तेरियालाई विजयी बनाउ यहाँ क्लीक गर्नुहोस्

तेरियाका विषयमा केही दिन अघि एभिन्यूज टिभीले तयार पारेको यो विशेष कार्यक्रम हेर्नुस:

https://www.youtube.com/watch?v=IRYvYsUdpis