काठमाडौं, २६ भदौ । प्रधानमन्त्री सुशील कोइरालासँग थरुहट/थारुवान संयुक्त संघर्ष समितिले अनौपचारिक वार्ता गर्ने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा बसेको थारु संघर्ष समितिको बैठकले गरेको निर्णय अनुसार प्रधानमन्त्री कोइरालासँग एकीकृत नेकपा माओवादीका सभासद् अमनलाल मोदीसहित तीन जनाले अनौपचारिक वार्ता गर्नेछन् ।
प्रधानमन्त्रीसँग भोलीदेखि सुरु हुने वार्तामा मोदीसँगै थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष राजकुमार लेखी र थारुहट पार्टीका नेता मीनराज थारु पनि रहेका छन् ।
सभासद् मोदीले प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताहरुलाई भेट गरेर वार्ता सम्वादका लागि दवाव दिने बताए । आफ्नो नेतृत्वमा प्रधानमन्त्रीसँग हुने वार्ताले थारुहरुका माग पूरा मोदीको दाबी छ ।















प्रतिक्रिया