कैलाली, २६ भदौ । अखण्ड सुदूरपश्चिम संघर्ष समितिले आनदोलनका लागि तयार रहन अखण्ड पक्षधरलाई आग्रह गरेको छ ।
शुक्रबार भारतीय राजदूत रन्जित रेले कैलालीका १ देखि ४ नम्बर निर्बाचन क्षेत्रलाई मिलाएर थरुहट प्रदेश बनाउनुपर्ने सुझाब दिएपछि सुदूरपश्चिम टुक्राउन षडयन्त्र शुरु भएको भन्दै अखण्ड पक्षधरले आन्दोलनको तयारी गरेको हो ।

शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्ष समितिका संयोजक गोपाल देउवाले सुदूरपश्चिमलाई टुक्राउन षडयन्त्र शुरु भएको बताए । उनले भारतीय राजदुतले दिएको सुझाबप्रति बिरोध जनाउँदै सुदूरपश्चिमलाई टुक्राउने प्रयास गरिए आन्दोलनको आँधी ल्याउने चेतावनी दिए । संयोजक देउवाले आन्दोलनका लागि तयार अबस्थामा रहन पनि अखण्ड पक्षधरलाई आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका प्रबक्ता एबं युवा नेता हरि रेग्मीले सुदूरपश्चिमलाई टुक्राउने निर्णय कुनै पनि हालतमा मान्य नहुने यसका बिरुद्ध जस्तोशुकै संघर्ष गर्न पनि तयार रहेको बताए ।

















प्रतिक्रिया