१० कार्तिक २०८३, मंगलबार

अपहृत तीन भारतीयको सकुशल उद्धारः अपहरणमा संलग्न पाँच पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kidnap-baby
फाइल फोटो

सुरुङ्गा (झापा), २६ भदौ । गए राति शनिअर्जुन नगरपालिकाबाट प्रहरीले अपहरणमा परेका तीन जनालाई सकुशल उद्धार गरेको छ ।

त्यस्तै अपहरणमा संलग्न पाँच जनालाई हतियारसहित पक्राउ गरिएको छ । भारतको राजस्थान र गुजरात घर भएका तीन युवालाई अपहरण गरी शनिअर्जुन नगरपालिकास्थित एक घरमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार अपहरणमा संलग्न भनिएकाहरुले ती युवालाई शनिअर्जुन नगरपालिकास्थित एक व्यक्तिको घर भाडामा लिएर लामो समयदेखि बन्धक बनाएर राखेका थिए ।

अपहृत ती युवाका परिवारसँग अपहरणकारीले कल बाइपासको प्रयोग गरी साउदी अरबको नंबाट फिरौती रकम माग गर्ने गरेपछि भारतीय प्रहरीले उनीहरु नेपालमा रहेको पत्ता लगाएर नेपाल प्रहरीलाई खबर गरेसँगै उनीहरुको पहिचान भई पक्राउ गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।

अपहरणमा संलग्नमध्ये दुई नेपाली र तीन भारतीय छन् । प्रहरीले उनीहरुका साथबाट पेस्तोल र त्यसमा लाग्ने गोली तथा एउटा गाडीसमेत नियन्त्रणमा लिएको बताइएको छ । रासस