१० कार्तिक २०८३, मंगलबार

दुर्घटनामा परी दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २६ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा गएराति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ ।

गैँडाकोट–११ हर्कपुरमा रोकिराखेको ना४ख ७६२५ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१८प २९६० नंको मोटरसाइकलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । रासस