१० कार्तिक २०८३, मंगलबार

डिआईजी चन्दले ल्याए ‘सेतो टोपी’, आईजिपी अर्यालद्धारा विमोचन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Traffice Giti Elbom Bimochan-2

काठमाडौँ, २५ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार पारेको ट्राफिक सचेतनामूलक गीतिसङ्ग्रह ‘सेतो टोपी’को विमोचन गरिएको छ ।

महाशाखाका प्रमुख जयबहादुर चन्दको शब्द तथा वसन्त सापकोटाको सङ्गीत रहेको गीतिसङ्ग्रहको आज यहाँ एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमोचन गर्नुभयो ।

महानिरीक्षक अर्यालले सरकारी, गैरसरकारी, सवारी चालक, बटुवा सबै सजक भए सडक सुरक्षा हुने बताउनुभयो । उहाँले अत्यधिक सवारी साधन आवागमन गर्ने उपत्यकामा बर्सेनि थुप्रै सवारी साधन दर्ता हुँदा पनि ट्राफिकले गरेको व्यवस्थाको उच्च मूल्याङ्कन गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जयबहादुर चन्दले ४० लाख जनसङ्ख्या भएको काठमाडौँ उपत्यकामा एक हजार ५९४ मात्र सडक र आठ लाख ५० हजार सवारी साधनलाई व्यवस्थित गर्नु चुनौतिपूर्ण भएको बताउनुभयो ।

वरिष्ठ गीतकार डा कृष्णहरि बरालले ‘सेतो टोपी’ गीतिसङ्ग्रहले नेपालको सङ्गीत जगतमा इँटा थपेको बताउनुभयो ।

‘सेतो टोपी’ गीतिसङ्ग्रहभित्र वटुवा, मदिरा, लेन अनुशासन, जेब्राक्रस, विद्यार्थी ¥याप, सवारी धनी, सवारी चालक, देउडा बोलका नौवटा गीत सङ्ग्रहित छन् । गीतिसङ्ग्रहमा गायक राजेशपाल राई, अञ्जुु पन्त, इन्दिरा जोशी, मिलन अमात्य, सरोज ओली, श्रेयषी चेमजोङ, कृष्ण काफ्ले र रामचन्द्र काफ्ले गाउनुभएको छ । रासस