काठमाडौँ, २५ भदौ । प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको मस्यौदामा उल्लेख गरिएको प्रतिबन्धात्मक शब्दावली हटाउनुपर्ने माग गर्दै आज पत्रकार तथा सञ्चारकर्मीले धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासङ्घको अगुवाइमा बबरमहलस्थित सडक विभागनजिकै एक घन्टा आयोजना गरिएको धर्नालाई सम्बोधन गर्दै महासङ्घका सभापति डा महेन्द्र विष्टले प्रेसको विषयमा सञ्चारकर्मी तथा पत्रकारले संविधानसभाका अध्यक्ष, विभिन्न पार्टीका नेतृत्वलाई बुझाएको सुझावलाई समेटेर संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुक परिवर्तनका क्रममा विभिन्न चरणमा योगदान पु¥याएको प्रेसमाथि नै विभिन्न दल तथा दलका नेताहरूले अङ्कुश लगाउन खोजेको उहाँको भनाइ छ ।
प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले समग्र प्रेस क्षेत्रलाई नै कमजोर बनाउने गरी संविधानको मस्यौदामा राखिएको प्रतिबन्धात्मक शब्दावली हटाउनुपर्छ भन्नुभयो ।
क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, मिडिया सोसाइटीका सचिव मदन लम्साल र आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङलगातयले पूर्ण संविधानमा प्रेस स्वतन्त्रता नै उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो । रासस















प्रतिक्रिया