१० कार्तिक २०८३, मंगलबार

दिल्लीमा नेपाली महिलामाथि भएको यौनशोषणको घटनाको दोषीलाई कारबाही गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitra-bahadur-kc1 (1)काठमाडौँ, २५ भदौ । राष्ट्रिय जनमोर्चाले भारतको नयाँ दिल्लीस्थित साउदी अरबको दूतावासका कूटनीतिज्ञले दुई नेपाली महिलालाई महिनौँसम्म बन्धक बनाएर बारम्बार यौन शोषण गर्ने गरेको भनी बाहिर आएको घटनाको सम्बन्धमा कूटनीतिकस्तरमा कारबाही अगाडि बढाउन नेपाल सरकारसँग माग गरेको छ ।

जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै दिल्लीको गुणगाउँस्थित निजी फ्ल्याटमा बस्ने दुई नेपाली महिलामाथि भएको ज्यादती यो घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । साथै उहाँले दोषीमाथि कारबाही गर्न पनि माग गर्नुभएको छ ।

उक्त कार्यमा संलग्न व्यक्तिमाथि कूटनीतिकस्तरबाट कारबाही गराउन पहल गर्न नेपाल सरकारसँग जनमोर्चाले माग गरेको छ । रासस