१० कार्तिक २०८३, मंगलबार

थारुका माग संधिवानसभाबाटै सम्बोधन गरौँ : सभासद देवकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anita Devkotaकाठमाडौं, २५ भदौ । नेपाली कांग्रेसकी सभासद् अनिता देवकोटाले आन्दोलनरत थारुका मागलाई जसरी भएपनि सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

संविधानसभाको आज (शुक्रबार)को बैठकमा संविधानको विधेयक २०७२ माथिको छलफलमा सहभागी हुँदै सभासद देवकोटाले आन्दोलनरत थारु समुदायका मागलाई सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

‘थारुहरू विभिन्न माग राखेर आन्दोलनमा छन्’, उहाँले भन्नुभयो, ‘थारुहरूका मागलाई ठूलो पार्टी कांग्रेसले विशेष रुपमा ध्यान दिनुपर्छ ।’

थारुलगायत अन्य विभिन्न समूह र दलका मागलाई सम्बोधन गराउन आफूले पनि कांग्रेसलाई दवाव दिइरहेको बताउनुभएकी सभासद देवकोटाले भन्नुभयो, ‘संविधानसभाभित्रैबाट समस्याको समाधान खोजिनुपर्छ ।’

उहाँले थारुका साथै जनजाति र महिलाका अधिकारमा पनि संविधानसभाले ध्यान दिनुपर्ने बताउनुभयो ।

थारुको घनाबस्ती रहेको दाङ जिल्लाबाट संविधानसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने सभासद देवकोटाले थारुका मागलाई सभापति सुशील कोइराला समक्ष पूरा गर्न दवाव दिँदै आउनुभएको छ ।

कांग्रेस सभासद देवकोटाले महिलालाई स्थानीय निकायमा पचास प्रतिशत सहभागिता सुनिश्चित गराउनुपर्ने माग गर्नुभयो । उहाँले प्रदेशमा भने कम्तिमा ४० प्रतिशत सुनिश्चिता हुनुपर्ने उल्लेख गर्नुभयो ।