काठमाडौं, २९ चैत । मादक पदार्थ सेवन मापसे गरेर गाडी चलाउने पूर्वमन्त्रीदेखि बहादवाला सभासद्सम्म ट्राफिक कारबाहीमा परेका छन् ।
पछिल्लोपटक पूर्वराज्यमन्त्री खोभारी राया यादब तथा बाहालवाला सभासद अर्जुन जोशी र आङटावा शेर्पा प्रहरी कारबाहीमा परेका हुन् ।
स्वयम्भूमा बिहीबार राति ट्राफिक प्रहरीले एउटा मोटरसाइकल रोक्यो । ट्राफिकलाई छल्ल खोज्दा चाकल सडकमा पछारिए । मदिराले मातिएका ती चालक थिए पूर्वराज्यमन्त्री यादब । सुरुमा ट्राफिक प्रहरीले ठम्याउन सकेन् । सोधपुछ गर्दा उनी पूर्वमन्त्री भएको खुलेको छ ।
यादब मापसे कारबाहीमा परेको घटना यो पहिलो होइन् । यसअघि उनी तीनपटक कारबाहीमा परिसकेको स्रोतले् बताएको छ । दुर्घटनामा सामान्य घाइते भएका यादबको सवारी चालक अनुमतिपत्र ट्राफिक प्रहरीले राखेको छ । केहीदिन अघि सभासद् जोशी पनि ललितपुरको सानेपामा ट्राफिक प्रहरीको फन्दामा परेका थिए । त्यस्तै नेपाली कांग्रेसरामेछापका नेता एवं सभासद् आङटावा शेर्पा पनि मापसे गरेर सवारी चलाइरहेका बेला राजधानीको कमलपोखरीबाट पक्राउ परेका थिए ।











प्रतिक्रिया