१० कार्तिक २०८३, मंगलबार

देउखुरीमा प्रहरीलाई ठक्कर दिने चालक वीरेन्द्र चौधरी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailदेउखुरी, २५ भदौ । दाङको देउखुरीस्थित लमही नगरपालिका– १ नर्तीमा ड्युटीमा खटिएका प्रहरी जवानलाई ठक्कर दिने टाटासुमो जिपका चालक सतवरिया–३ कप्तानगञ्ज निवासी २३ वर्षीय वीरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

खोसतलासको क्रममा लमही नगरपालिका– १० देउपुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले आज (शुक्रबार) बिहान पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिनुभयो ।

भालुवाङबाट लमही आउदै गरेको बा १० च ५२३१ नम्वरको टाटासुमो जिपले बिहीबार मध्यराति १२ बजे ड्युटीमा खटिएका प्रहरी जवानलाई ठक्कर दिँदा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत दाङ डुरुवा गाविस– ९ निवासी २७ वर्षीय जितबहादुर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो ।

ठक्कराट राजपुर गाविस– ५ निवासी २८ वर्षीय अर्का प्रहरी जवान चन्द्र भण्डारी गम्भीर घाइते हुनु भएको छ ।