१० कार्तिक २०८३, मंगलबार

भूकम्पमा बेपत्ता परिवारले चार महिनापछि राहत पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २५ भदौ । गत वैशाख १२ गतेको भूकम्पमा परी बेपत्ता बनेका खोटाङ च्यास्मिटार–२ का सेतीबहादुर राईको परिवारले चार महिनापछि राहत पाएका छन् ।

मजदुरीको सिलसिलामा सिन्धुपाल्चोक पुगेको समयमा भूकम्पमा परी बेपत्ता बनेका राईको मृत्यु भएको पुष्टि भएपछि मृतकका परिवारलाई एक लाख राहत र ४० हजार किरिया खर्च उपलब्ध गराएको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।

भूकम्पमा बेपत्ता सेतीबहादुरको उद्धारका लागि खोजी गर्दासमेत फेला नपरेकाले सिन्धुपाल्चोक प्रशासन र प्रहरीले मृत्यु भएको पुष्टि गरेर पत्राचार गरेपछि मृतक परिवारलाई बुधबार राहत रकम उपलब्ध गराएको हो ।

च्यास्मिटार–२ घर भई च्यास्मिटार–५ मा बस्दै आएका सेतीबहादुरको नौजनाको परिवार छ । घटनालगत्तै श्रीमती र छोरा आफन्तसहित सेतीबहादुर पुरिएको ठाउँमा दुईपटक खोजीका लागि पुगेका थिए ।

भूकम्पपछि पहिरोमा पुरिएका सेतीबहादुरको शव पहिरो पन्छाएर निकाल्न सकिने अवस्था नभएपछि उनीहरु माया मारेर फर्केका थिए । रासस