३० आश्विन २०८३, शुक्रबार

गच्छदारले झापाबाट दिए मुलुकमा रक्तपात हुने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-Gachhadar1झापा, २४ भदौ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले मधेशी, आदिवासी, जनजाति र थारुहरुको मागलाई सम्बोधन नगरिए मुलुकमा रक्तपात हुने चेतावनी दिनुभएको छ ।

झापाको बिर्तामोडमा आज आयोजित बिरोध सभालाई संवोधन गर्दै नेता गच्छदारले आफूहरुका माग पुरा नहुने खतरा बढेकाले सडकमा उत्रनु परेको बताउनु भएको हो । आन्दोलनमा राज्यले दमन गरेको बताउदै उहाँले तुरुन्त राज्य पक्षले दमन रोक्नुपर्ने बताउनुभयो ।

गच्छदारले पश्चिममा भएको आन्दोलन पनि आफ्नै सल्लाह सुझाबमा भएको बताउँदै समस्या समाधान गर्न तीन दलका शीर्ष नेताहरुलाई आफूले बारम्बार भनेपनि कानमा तेल हालेर बसेकाले तराइमा आगो बलेको उल्लेख गर्नुभयो ।

बेलैमा उनीहरुले नटेरेका कारण तराईमा यो अवस्था सिर्जना भएको र ७ प्रदेशमै मिल्न सकिने भन्दै अध्यक्ष गच्छदारले भन्नुभयो–‘ तीनतिर फर्केका तीनदलका नेतालाई एकैठाउँमा ल्याएको थिए, तर, मधेसीहरुको मागलाई उनीहरुले सम्बोधन गर्न सकेनन्, आदिवासी, जनजाति, मधेसी र थारुहरुको मागलाई सम्बोधन नगरेकाले म जनतातिरै फर्के ।’

उहाँले अगाडि भन्नुभयो– ‘म निकासका तीन बिकल्प तीनदललाई दिन चाहन्छु, एउटा झापा, मोरङ र सुनसरीलाई मिलाएर २ नम्बर प्रदेशमा समाबेश गराउ । दोस्रो, चितवनदेखि कन्चनपुरसम्मको भागलाई प्रदेश नम्बर ७ मा मिलाउ र तेस्रो बिकल्प भनेको झापा, मोरङ र सुनसरीलाई मिलाएर छुट्टै प्रदेश बनाऔं ।’

अध्यक्ष गच्छदारले तीनदलले मागहरुको बिषयमा तुरुन्त सम्बोधन नगरे मधेसी आन्दोलनले ठेगान लगाउने भन्दै संबिधान निर्माणको प्रक्रियालाई ५÷७ दिन रोकेर वार्ताको ढोका खुल्ला गर्न आग्रह समेत गर्नुभयो ।