काठमाडौं, २४ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल चार दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख वाङ जिया रुईको निमन्त्रणामा महासचिव पोखरेलसहितको टोली विहीबार दिउँसो चीन प्रस्थान गरेको एमाले सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
पार्टीको प्रतिनिधिमण्डलसहित चीन गएका महासचिव पोखरेलले राजधानी बेइजिङमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वसँग दुई देश र दुई पार्टीको आपसी सम्बन्ध एवम् हितका विषयमा विचार आदानप्रदान गर्ने बुझिएको छ ।
उक्त प्रतिनिधिमण्डलमा पार्टीका पोलिटव्यूरो सदस्य विष्णु रिमाल र महासचिव पोखरेल सचिवालयका निजी सचिव दीपेन्द्र श्रेष्ठ सम्मिलित छन् । प्रतिनिधिमण्डल भदौ २७ गते बिहान १० बजे स्वदेश फर्कने छ ।















प्रतिक्रिया