५ कार्तिक २०८३, बिहिबार

मान्छे मार्ने तँ, भन्दै सभामुख कुर्लिएपछि…!

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CA_chairman_Subash_Nemwang_साले मान्छे मार्ने  तँ, अझ यहाँ आएर डुक्रन्छस्…. !’ यसरी सभामुखको च्याम्बरबाट चर्को स्वर निस्किएपछि वरिपरि तैनाथ  सुरक्षाकर्मीले हत्तपत्त पोजिसन लिइहाले सिंहदरवार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रै हतियारधारीको घुपैठको खतराका कारण  सरकारले देशमा भएभरको कमाण्डो प्रहरी त्यता खटाएको थियो । स्वभाविक रूपमा  कतैबाट अलिक ठूलो स्वर निस्किएपछि उनीहरू हाई अलर्टका साथ पोजिसन लिने नै भए ।

एकजना अधिकृत स्तरका मर्यादापालक भित्रै छिरे । तर, त्यस भित्रको वातावरण अघि बाहिर निस्किएको चर्को स्वरको भन्दा  विपरित थियो । केही सभासद् घोसेमुन्टो लगाएर उभिएका थिए, सभामुखचाहिँ चिउँडोमा हात राखी गम्भीर मुद्रामा सोमग्न थिए । राप्रपा नेपालले डा. गोविन्द केसीको अनसनमा केन्द्रित भएर ११ बजे बोलाइएको सदनको पूरै समय त्यसमा दिनुपर्ने माग राख्दै थियो । पूर्व निर्धारित कार्यसूचीबमोजिम सदन सञ्चालन गर्नमा केही समस्या आएपछि सभामुख सुवास नेम्वाङ के गरौँ र कसो गरौँ को दोधारमै थिए ।

१६ भदौको कुरा हो यो । अघिल्लो दिन वीरगञ्जमा प्रहरीको गोली लागी केही प्रदर्शनकारी हताहत भएका थिए । गृहमन्त्रीले सदनलाई दिने जवाफ तयार भएको थिएन । सदनलाई बैकल्पिक कार्यसूचीका साथ अघि बढाउनुपर्ने विभिन्न प्रस्ताव आइसकेपछि सभामुख रनभुल्लमा परे । निर्धारित ११ बजेको समय घर्किसकेको थियो । यत्तिकैमा होहल्ला गर्दै अमरेशकुमार सिंह  सभामुखको कार्यकक्षमा छिरे । घरको नोकरलाई हप्काएजस्तो बोल्न थाले, ‘यो के तरिका हो?’ वीरगञ्जमा त्यत्रा मान्छे मारेका छन् । हामीले बोल्न नपाउने? यतिबेला सम्म किन हाउस नचलाएको ? के हामीले बोल्छौँ भनेर लाग्यो तपाईंलाई ? उता मान्छे मरेको छ, तपाईं चूप लागेर बस्नुहुन्छ?’ सामान्यतया धैर्यवान् स्वभावका सभामुख अमरेशको तमिजविनाको चिच्याहट सुनेर रातोपिरो हुन पुगे । उनी पनि ठूलै श्वरमा कराए, ‘मान्छे कसले मार्यो? मैले मारेँ? मान्छे मैले मारेँ कि तैँले मारिस्, हँ ?’ अमरेशले जवाफ दिए, ‘मैले कसरी मारेँ ?’ म सत्तापक्षको सांसद्ले कसरी मान्छे मारेँ?’ सभामुख अझै थामिएनन्, जवाफ दिए, ‘गोली चलेको छ । तपाईंहरू भाषण गर्दै हिँड्नुभएको छ । खुँडा, खुकुरी, भाला बोकी सुरक्षाकर्मीलाई मार भन्दै डुक्रिएर हिँड्ने को हो? अझ, यहाँ आएर ठूलो कुरा गर्ने?’ यसपछि त्यहाँ उभिएका केही व्यक्तिहरू सभामुखको  पक्षमा बोल्न थाले, ‘सदन कसरी चलाउने? कार्यसूची के पेश  गर्ने? यो सभामुखको चिन्ताको विषय हो । हामीले दबाब दिएर हुँदैन ।’ अर्काले भने, ‘ सभामुख तिम्रा अरौटे हुन् र, यसो गर त्यसो भन्छौ ?’ जनआस्थामा यो समाचार छ ।