१० कार्तिक २०८३, मंगलबार

राँगोले हान्दा अर्घाखाँचीमा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rago india1अर्घाखाँची, २३ भदौ । राँगोले हान्दा प्युठान खलङ्गा–४ बस्ने ५० बर्षीय गणेश बहादुर कसाईको मृत्यु भएको छ भने ५२ बर्षीय केशब बिक गम्भीर घाइते भएका छन् ।

उनीहरुले मंगलबार अर्घाखाँची खिलीजी– ५ बस्ने दुर्गा बन्जाडेको घरबाट राँगो किनेर लैजाने क्रममा असुरकोट–४ आरन डाँडामा दुवै जनालाई रांगोले हान्दा कसाईको घटनास्थलमै मृत्यु भएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका वि.क.लाई उपचारको लागि प्युठानतर्फ लगिएको छ । उक्त राँगोलाई प्रहरीले गोली हानी मारेको छ ।