बागलुङ, २३ भदौ । शैक्षिक विकासमा कलम चलाएर विशेष योगदान पुर्याएको भन्दै दैनिक नेपालका बागलुङ संवाददाता रबिना बोहरा सम्मानित हुनुभएको छ ।
३६ औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालय बागलुङले शिक्षा क्षेत्रका सूचनाहरुमा आधारित भएर समाचार प्रकाशन तथा प्रशारण गरेको भन्दै सम्मान गरेको हो । हरेक बर्ष कार्यालयले एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत बोहरालाई सम्मान गरेको बताएको छ ।
बोहरा दैनिक नेपालसंगै स्थानीय धौलागिरी टेलिभिजनका, साथै धौलागिरी जागरण राष्ट्रिय दैनिकमा करिब ५ वर्षदेखि कार्यरत हुनुहुन्छ ।

















प्रतिक्रिया