
– डम्मर राज भट्ट
महेन्द्रनगर, २३ भदौ । एन प्याब्सन कञ्चनपुरले अन्तर्राष्ट्रिय साक्षरता दिवस र शिक्षा दिवसको उपलक्ष्यमा बिभिन्न कार्यक्रमको आयाजना गर्दै मनाएको छ ।
निर्माण ब्याबसायी संघको सभाकक्षमा सांस्कृतिक कार्यक्रम सहित मनाइएको कार्यक्रममा एन प्याब्सनका जिल्ला अध्यक्ष डिडि अवस्थीले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामी प्रमुख अतिथी रहनुभएको थियो भने बिशिष्ट अतिथीहरुमा सत्येश बहादुर चन्द, हिरा चन्द, श्यामसिह मौनी रहनुभएको थियो भने एन प्याब्सनका अन्य पदाधिकारी र अन्य सरकारी निकायका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने बिभिन्न व्याक्तित्वहरुलाइ सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा २०७१ सालको एसएलसी परीक्षामा बिशिष्ट श्रेणीमा उत्तिर्ण हुने बिद्यार्थीहरु धिरेन्द्र कुवर, चादनी बिष्ट, बिमल महता, प्रशान्त बुढाथोकी, सौगात शाहा, बसन्त बाबु भण्डारी, सन्तोष चौधरी, शौरभ श्रेष्ठ, लोकेन्द्र चन्द, ममता राना, हेमराज पाण्डेय, महेश कठायत, तृप्ती रेग्मी, प्रशान्त पन्त रहेका छन् ।
आदर्श विद्या निकेतनका प्रशान्त पन्त २०७१ को एस एल सी परिक्षामा ८५.१३ ल्याएर जिल्ला प्रथम भएका छात्र हुन भने फ्लोरिडा इन्टरनेश्नलकी तृप्ती रेग्मीले ८४.६ ल्याएर छात्रा तर्फ प्रथम भएकी थिइन । यसैबिच बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेका विद्यालयहरुलाइ समेत सम्मान गरेको छ । सम्मानित हुने स्कुलहरुमा नव प्रतिभा पव्लिक सेकेण्डरी स्कूल, अनिरुद्र उच्चा मावि बनसमिति, मर्निङ ग्लोरी उमावि ,आदर्श विद्या निकेतन उमावि, फ्लोरिडा इन्टरनेश्नल उमावि, लिटिल बुद्ध एकेडेमी उमावि,विज्डम एकेडेमी मावि, रहेका छन् ।
२०७१ सालको एस एल सी परिक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल अनिरुद्र उमावि वनसमिति पनि सम्मानित भएको छ । शिक्षा सेवामा बिशेष योगदान पुर्याउदै आएका लिटिल बुद्ध उमावि,बेल्डाडी नबज्योती स्कुल, ब्राइट फयुचर बोर्डिङ स्कुल, पिस प्वाइन्ट एकेडेमी निम्बुखेडा पनि सम्मानित भएका छन् ।
शिक्षा क्षेत्रमा लामो समय सेवा दिने प्रिन्सिपलहरु डा.भोजराज पन्त, शेर सिह भाट, डिडि अवस्थीलाई पनि एन प्याब्सनले सम्मान गरेको छ । यसैबीच एन प्याब्सन कञ्चनपुरलाइ मार्ग निर्देशित गर्ने बिशिष्ट गर्ने व्यक्तित्वहरु डा. राजकुमार साउद, शंकर दत्त भट्ट, त्रिभुवन कुमार भट्टलाइ पनि सम्मानित गरिएको छ । कार्यक्रम संचालन एन प्याब्सन कञ्चनपुरका सचिव भीम चन्दले गरेका थिए ।















प्रतिक्रिया