१० कार्तिक २०८३, मंगलबार

कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुल सरकारबाट सम्मानित, क्षेत्रीय विद्या शिल्ड पायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

international photoमहेन्द्रनगर, २३ भदौ । इन्टरनेशनल पब्लिक हायर सेकेन्ड्री स्कुलले सुदूरपश्चिम क्षेत्रबाट क्षेत्रीय विद्या शिल्ड पाएको छ । ३६ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरताका दिवसका अवसरमा मंगलबार इन्टरनेशनलाई शिल्ड प्रदान गरिएको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र शिक्षा मन्त्री चित्रालेखा यादवले विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेराज बोहरा, सदस्य गौराज बहादुर लिम्बू र सहायक प्रधानाध्यापक राजेन्द्र भट्टलाई संयुक्त रुपमा एक लाख नगद सहित शिल्ड, प्रमाण पत्र र ध्वजा प्रदान गरेका हुन् ।

शिक्षा मन्त्रालयले सुदूरपश्चिमका संस्थागत विद्यालयहरुमा इन्टरनेशनलाई पाँचौ पटक यस वर्ष क्षेत्रीय विद्या शिल्ड प्रदान गरेको हो । यस अघि २०५९, २०६५, २०६९, २०७० र २०७१ क्षेत्रीय शिल्ड पाएको थियो ।

शिक्षा मन्त्रालयले बर्सेनी क्षेत्रीय स्तरमा उत्कृष्ठ सामुदायिक र संस्थागत विद्यालय छनौट गरी क्षेत्रीय विद्या शिल्ड प्रदान गर्र्दै आएको छ । सुदूरपश्चिममा यस वर्ष कैलालीको समैजी माध्यमिक विद्यालय मझगाउँले सामुदायिक विद्यालयमा क्षेत्रीय विद्या शिल्ड हात पारेको छ ।

प्रवेशिका परीक्षा नतिजाका आधारमा मन्त्रालयले उत्कृष्ठ विद्यालय छनौट गर्दै आएको छ । २०७१ को प्रवेशिकामा ७६ विद्यार्थीमा १७ जना विशिष्ठ श्रेणीमा उत्तीर्ण भएका थिए । बाँकी सबै विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

स्कुललाई जिल्लामा पनि सम्मान

शिक्षा कार्यालय र कञ्चनपुर उद्योग बाणिज्य संघले इन्टरनेशनल पब्लिक हायर सेकेन्ड्री स्कुललाई सम्मान गरेका छन् । सुदूरपश्चिम क्षेत्रको शैक्षिक विकासमा पुगाएको योगदानको कदर गर्दैै ती दुबै निकायले सम्मान गरेको छ ।

शिक्षा कार्यालयले ३६ र्औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा कार्यालयले सर्वोत्कृष्ठ विद्यालयका रुपमा सम्मान गरेको छ । निर्माण व्यवसायी संघमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला शिक्षा अधिकारी भोजराज श्रेष्ठले विद्यालयका प्रबन्धक महाशर्मा न्यौपानेलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी धर्मराज जोशी, जिल्ला शिक्षा अधिकारी श्याम सिह धामी लगायतका सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि सहभागी थिए ।

यसैगरी कञ्चनपुर उद्योग बाणिज्य संघले २७ आंै वार्षिक साधारण सभामा शिक्षा क्षेत्रमा विशेष योगदान पुगाएकोमा दोसल्ला ओढाएर सम्मान प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टले विद्यालयका प्रबन्ध निर्देशक न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

विद्यालयका निर्देशक न्यौपानले शिक्षा दिवसका अवसरमा शिक्षा र बाणिज्य संघले सम्मानित हुन गौरबको कुरा भएको बताए । ‘शिक्षक, विद्यार्थी, अभिभावक सबैको मिहिनेतबाट यो सम्मान पाएका छौ’ उनले भने ।