५ कार्तिक २०८३, बिहिबार

नेपाल प्रहरीले अबदेखि प्रोत्साहनका लागि भत्ता पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Moneyकाठमाडौं, २३ भदौ । आन्दोलनमा खटिने प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता दिने भएको छ ।

गृहमन्त्री वामदेव गौतमले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बैठकमा यसबारे जानकारी दिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

शान्तिसुरक्षा समीक्षा बैठकमा डिआइजीहरूले स्रोतसाधनको अभाव रहेको गुनासो गरेका छन् ।

उनीहरूले पर्याप्त इन्धन नभएको, थोत्रा गाडी रहेको गुनासो गरेका थिए । गृहमन्त्री गौतमले पर्याप्त स्रोतसाधन उपलब्ध हुने भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।