५ कार्तिक २०८३, बिहिबार

अवैध रुपमा बसेका चार नेपाली कोरियामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South Koriyaकाठमाडौं, २ भदौ । दक्षिण कोरियाको थेगु सहर क्षेत्रबाट अवैधानिक रुपमा बसोबास गरेका नेपाली सहित १३ विदेशी कामदार पक्राउ परेका छन् ।

सोमबार दिउँसो ३.३० बजे कोरियाली अध्यागमन विभागका कर्मचारीले सन्जु बसपार्क नजिकै रहेको केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका गरेको हो ।

पक्राउ पर्नेमध्ये ४ जना नेपाली कामदार रहेका छन् । त्यस्तै ४ जना भियतनामी र ५ जना चिनियाँ कामदार रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

नेपाली कामदारहरु उक्त कम्पनीमा केहि हप्ता अघिमात्र आएको त्यस क्षेत्रमा काम गरिरहेका एक नेपालीले जानकारी दिए ।

ती नेपालीका अनुसार अध्यागमन विभागका कर्मचारीहरु एकै चोटी कम्पनीमा प्रवेश गरेर धडपकड सुरु गरेको थिए ।

कम्पनीमा धडपकड भएपछि रात्रीकालीन काम गरेर सुतिरहेका अन्य कामदारबीच भागाभाग भएको थियो ।

यसअघि गत अगस्ट १२ तारिखमा पनि त्यस क्षेत्रमा डाइकस्टिङ कम्पनी काम गरिरहेका ३ महिला र ४ पुरुष गरि ७ नेपाली कामदार पक्राउ परेका थिए ।