काठमाडौं, २३ भदौ । नयाँ संविधानमा धर्म निरपेक्षताको बारेमा नेपालमा बहस तीव्र भैरहेको समयमा क्याथोलिक इशाइहरु एक शीर्ष धर्मगरुले नेपाल भ्रमण गर्ने भएका छन् ।
विश्वभरका धर्मान्तरण तथा परोपकार गतिविधिको अनुगमन गर्दै आएका धर्मगुरु कार्निडल फर्नान्डो फिलोनी भदौको अन्त्यतिर नेपाल आउन लागेको समाचार नागरिक दैनिकले छापेको छ ।
भदौ २९ गते कोलकोता हुँदै नेपाल आउन लागेको फिलोनी ५ दिनेपछि असोज २ गते इटलीको रोमतर्फ लाग्ने छन्। फिलोनी १२ दिने दक्षिण एशियाली देशको भ्रमणको क्रममा नेपाल आउन लागेका हुन् ।
नेपाल आउनुअघि उनले कोलकोतामा २ र बंगलादेशमा ५ दिने विताउने छन् ।
क्याथोलिक चर्चका फादर सिलास बोगटीले वैशाख १२ को भूकम्पपछि नेपालमा क्रिश्चियन संस्थाहरुले गर्दै आएको काम र भूकम्प पीडितहरुसँग एेक्यबद्धता जनाउनका लागि नेपाल आउन लागेको बताए।















प्रतिक्रिया