१० कार्तिक २०८३, मंगलबार

कांग्रेस र एकीकृत माओवादी त्यागेर एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umlदाङ, २२ भदौ । दाङको गोल्टाकुरीमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमाले गोल्टाकुरीले मंगलबार गरेको भेलामा एमाओवादी तथा कांग्रेस परित्याग गरी पार्टी प्रवेश गरेका हुन् ।

एमाले गोेल्टाकुरीका अध्यक्ष चित्रलाल चौधरीको अध्यक्षता एवं क्षेत्रीय इञ्चार्ज उत्तरकुमार वलीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकोको थियो ।

भेलामा एमाओवादीको भातृ संगठन अनेकम संघ जिल्ला कमिटी सदस्य विष्णु गौतम, छगीलाल नेपाली, कमानसिंह नेपाली, जीवन नेपाली, मानबहादुर नेपाली, धिरज वली, पर्शराम वली, नेपाली कांग्रेसबाट रमेर परियार, प्रेमा बस्नेतलगायत ५१ जना एमालेमा प्रवेश गरेका थिए ।

भेलामा एमालेका क्षेत्रीय सचिव भीम योगी, सह—सचिव भरत अधिकारी, क्षेत्रीय सदस्य डम्बर खत्री, शिक्षक संगठनका लेखबहादुर चौधरी, स्वास्थ्यकर्मी मोहन घिमरे, एम.एन शाह, विष्णु गौतमलगायतकाले बोल्नुभएको थियो ।