काठमाडौं, २२ भदौ । मानव बेचविखनमा संलग्न तीन महिलालाई जिल्ला अदालत झापाले जेल सजायँ सुनाएको छ ।
युवतीलाई बचेर जबरजस्ती यौन धन्दामा लगाउने अभियुक्त मिरा तामाङ, अरुणा थापामगर र सीमा मगर भुजेल जिल्ला अदालत झापाले १५ वर्षको जेल सजायँ सुनाएको हो ।
अभियुक्तहरुले झापाकी १७ वर्षीय सीता (नाम परिवर्तन)लाई विवाह जाउँ एक्लै भए रमाइलो हुन्छ भन्दै विर्तामोडबाट बुटबल हुँदै भारत लैजान खाजेको थिए । तर, सीमा नाकामा निगरानी बढेको हुँदा ती युवतीलाई आन्तरिक रुपमा एउटा रेस्टुरेन्टमा राखी जबरजस्ती यौन ब्यबसायमा संलग्न गराएका थिए ।
अभियुक्तहरु मध्ये मिरा तामाङ र सीमा मगर (भुजेललाई) १५ बर्ष जेल सजाय र जनही १ लाख जरिबाना फैसला गरिएको छ भने अरुणा थापा मगरलाई १० बर्ष जेल र ५० हजार जरिबाना हुने गरि फैसला गरिएको के आई नेपालका सञ्चार संयोजक सुरक्षा बरालले जानकारी दिनुभयो ।
केआई नेपालले पीडित युवतीलाई उद्दार गरी चितवन शाखाको संरक्षणमा राखेको छ ।
यस्तो छ घटनाको पूर्ण विवरण :
झापा घर भएकी परिबर्तन नाम (सीता) बर्ष १७ को चेलीले तत्काल दोषी ठहरिएका अभियुक्तले भारत लैजान नसकेपछि आन्तरिक रुपमै बेचबिखनको सिकारमा परि धेरै दुःख भोग्नु पःयो । घरमा बस्दै गर्दा गाउँको एकजना दिदीले बिबाहमा जाउँ म एक्लै भए रमाइलो हुन्छ भन्दै ती बालिकालाई बिबाह बिर्तामोड हो भन्दै घरबाट लिएर आइन् । बालिकालाई के थाहा म माथी नराम्रो ब्यबहार हुदै छ भन्ने केही समय हिडेपछी गाडी चढाईन् कसैसंग नबोल भनिन् लामो समय यात्रा गरेपछी निज वालिकाले सोध्दा टाढा छ भन्दै अनेकौ कुरा गर्दै लगीन् र बुटवल निबासी सीमा मगर (भुजेलको) घर पुःयाइन् र त्यहाँबाट पुन भारत लैजाने क्रममा सहज नभएपछि आन्तरिक रुपमा एउटा रेस्टुरेन्टमा राखी जबरजस्ती यौन ब्याबसायमा संलग्न गराएका थिए । केही समयपछि भाग्न सफल ती बैनीको बयान र उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टामा जाहेर दिहे पछि तत्काल केआई नेपाल झापाको संरक्षमा राखीएको थियो र प्रहरीले सिमा मगर भुजेललाई नियन्त्रणामा लिएपछि निज बैनीको बयान र निरन्तरको परामर्शपछि बुटवलमा पनि २ जना संलग्न रहेको कुरा खुलेपछी तत्काल प्रहरीसंगको समन्वयमा सिमा मगर (भुजेल) र अरुणा थापा मगरलाई नियन्त्रणमा लिई बैशाख ८ गते मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध मुद्धा दर्ता भएको थियो र कानुनी कार्बाही प्रकृया अगाडी बढ्ने क्रममा मुद्धा मिलाउन धेरै प्रयासहरु भए अन्तत जिल्ला अदालत झापाले मिती २०७२⁄०५⁄८ को पेशी फैशालामा प्रतीबादी मिरा तामाङ्ग(श्रेष्ठ), अरुण थापा मगर र सिमा मगर भुजेललाई अभियुक्त ठहर गरि मिरा तामाङ्ग (श्रेष्ठ) र सिमा मगर (भुजेललाई) १५ बर्ष जेल सजाय र जनही १ लाख जरिबाना फैसला गरिएको छ भने अरुणा थापा मगरलाई १० बर्ष जेल र ५० हजार जरिबाना हुने गरि फैसला गरिएको छ ।पिडीत चेली। के.आई नेपाल चितवनको संरक्षमा रहेकी छिन ।















प्रतिक्रिया