काठमाडौं, ६ असार । नेकपा एमालेको महाधिवेशन नजिकिँदै जाँदा उम्मेदवारहरुको सक्रियता पनि बढेको छ ।
यसैक्रममा अध्यक्षका प्रत्यासीबीच पत्रकार सम्मेलन गर्ने प्रतिस्पर्धा पनि देखिएको छ ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले दिउँसो २ बजेपछि काठमाडौंको बानेश्वरस्थित अल्फाविटा हाउसमा पत्रकार सम्मेलन गर्दैछन् । त्यसलगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
सबैभन्दा रोचक त ओलीको पत्रकार सम्मेलन सकिनासाथ नेपालको पत्रकार सम्मेलन हुनेछ । कार्यक्रमस्थलको दूरी भने करिब ५० मिटरको फरकमा पर्छ ।
















प्रतिक्रिया