१ कार्तिक २०८३, शनिबार

अपडेट: प्यूठानमा मर्नेको संख्या चार पुग्यो, कार्यवाहक प्रधानमन्त्री गौतम घटनास्थल जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pyuthan_districtविजयसिंह भारती

प्यूठान, ६ असार । प्यूठानको खुङ–८ को खालमा गएराति गएको पहिरोले तीन घरगोठ बगाउँदा चार जनाको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन् ।

प्रेमबहादुर गिरीको घर बगाउँदा २ वर्षको छोरी आयसा गिरी, १० महिनाको छोरा आशिस गिरीको मृत्यु भएको छ ।

४० वर्षकी देवा भण्डारीको घर बगाउंदा उनको मृत्यु भएको छ । उनी घरमा एक्लै बस्दै आएकी थिइन् । ६० वर्षका डोमबहादुर गिरी अझै वेपत्ता छन् । उनीसंगै रहेका श्रीमती र छोरी भने सकुशल छन् । बाटोमा हिंडिरहेका खुङ–७ का २६ वर्षीय राजु कुँवरको मृत्यु भएको छ । उनको शव करिव २ सय मिटिर तल सिलिविसौना भन्ने ठाउँमा फेला परेको घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।

राति एक्कासी आएको बाढि सहितको पहिरोले ३ वटा घर र ७ वटा गोठ बगाउंदा त्यहाँ रहेका बस्तुभाउ, खसीबोका, लत्ताकपडा, अन्नपात सवै पूरिएको छ । उद्दारमा प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना खटिएका छन् । बाढीले बगाएको घरको कुनै नाम निशाना छैन् भने नयाँ खोल्सो बनाएको छ । करिव ३० रोपनी अन्नवाली सहितको खेतियोग्य जमिन सवै पूरिएको छ ।

यस्तै खुङ–४ ठूलावेशी बजारमा बाढी पसेको छ । स्थानीयले भागेर ज्यान बचाए पनि बजार क्षेत्र पूरै डुबानमा परेको छ । शव निकालेर मृत्तकका परिवारलाई राहत वितरण गर्ने तयारी भैरहेको प्रजिअले बताए । राहतका लागि प्याकेज सहित रेडक्रस, गैरसरकारी संस्था महासंघ लगायतको टोली घटनास्थल तर्फ जाँदैछ । घटनाबारे समाचार प्रशारणमा आए लगत्तै कार्यवाहक प्रधानमन्त्री बामदेव गौतम घटनास्थल आउने तयारी गरेको उनका स्वकीय सचिव विजयविराज विष्टले बताए । हेलिकप्टर खोज्ने तयारी भएको उनले जनाए ।

रातको समयमा आएको बाढीका कारण मानवीय क्षति भएको हो । कालो बादल र अध्यारो मौषमका कारण अहिले पनि स्थानीय त्रसित छन् । यस क्षेत्रका २० भन्दा बढी घरहरु जोखिममा रहेको छन् । फेरी बाढी आउने त्रासमा रहेको स्थानीय धनु गिरीले बताए ।

गएराति नै पहिरोमा पूरिएर गुल्मीमा पनि नौ जनाको ज्यान गएको छ ।