५ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चाका नेताहरूले भारतीय भूमिबाटै नेपालमा हस्तक्षेप गर्न भारतलाई गुहारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MAdheshi-Morchaवीरगञ्ज, २२ भदौ । मधेसी नेताहरुले भारतीय भूमिबाटै आफ्ना मागका पक्षमा समर्थन जनाउन भारत सरकार गुहारेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दोश्रो तहका नेताहरुले सोमबार रक्सौल पुगेर आन्दोलन चर्काउन भारतीयसँग गुहार मागेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका पाँच जनाको शोकमा सीमावर्ती रक्सौलमा सोमबार आयोजित श्रद्धान्जलीसभामा मधेसी मोर्चाका नेताहरुले नेपाल सरकारले सेना र प्रहरीको आडमा आन्दोलन दबाउने हर्कत गरेको भन्दै आन्दोलनमा सहयोग गरिदिन आग्रह गरे ।

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नेपाल सरकारले मधेसीलाई अधिकार दिन नचाहेकाले मधेसमा आन्दोलन चर्काउन सहयोग पुर्‍याउन भारतीयलाई आग्रह गरे ।

सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले नेपाल र भारतबीच ‘रोटीबेटी’को सम्बन्ध भएकाले मधेसको आन्दोलनमा भारतीयले सहयोग गर्नुपर्ने बताए ।