५ कार्तिक २०८३, बिहिबार

डा.गोविन्द केसीसँग भएको विवादास्पद सहमति कार्यान्वयन नहुने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-KCकाठमाडौं, २२ भदौ । प्राध्यापक डा गोविन्द केसीसँग शनिबार मध्यरातमा भएको सहमतिमा लगत्तैको मन्त्रिपरिषद् बैठकले चिकित्साशास्त्र शिक्षा आयोग गठन गर्ने प्रतिबद्धता गरे पनि सरकारले यसका लागि मन्त्रिपरिषद्को सामाजिक समितिलाई गुहारेको छ ।

सोमबारको बैठकले आयोग गठनसम्बन्धी सहमति मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाउने निर्णय गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

बैठकमा मुख्य सचिव डा सोमलाल सुवेदीले वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग भएको सहमतिबारे जानकारी गराएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

चिकित्सक केसीले उक्त आयोग गठन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेपछि शनिबार मध्यरातमा सहमति गरेका थिए ।