२१ कार्तिक २०८३, शनिबार

संविधानसभा अध्यक्षद्वारा प्रमुख सचेतकहरूसँग परामर्श

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash Nembangकाठमाडौं, २१ भदौ । संविधानसभामा मंगलबारदेखि संविधानको विधेयकमाथि परेका संशोधन प्रस्तावमा छलफल गर्ने तयारी भइरहेका बेला सोमबार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा आफ्नै कार्यकक्षमा नेम्वाङले कांग्रेस, एमाले, एमाओवादी, संघीय समाजवादी फोरम नेपाललगायतका दलका मुख्य सचेतकहरूसँग पालैपालो संविधानसभाको बैठकका विषयमा छलफल गर्नुभएको हो ।

छलफलका लागि कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, एमालेका प्रमुख सचेतक अग्नि खरेल, एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल, संघीय समाजवादी फोरमका मुख्य सचेतक शिवजी यादवल नेम्वाङको कार्यकक्षमा पुग्नुभएको थियो ।

छलफलका क्रममा मंगलबार संशोधन प्रस्ताव राख्नेहरूलाई सात–सात मिनटको समय दिइएको र संशोधनमा छलफल हुने विषयमा परामर्श भएको थियो ।

त्यसका लागि बैठकलाई सहज रुपमा अगाडि बढाउन सहयोगको आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।