२१ कार्तिक २०८३, शनिबार

‘राष्ट्रको विकास गर्छु भन्नुस्, साथ दिन तयार छु, सक्दिन भन्नुस्, बिदा दिन पनि तयार छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-panditकाठमाडौँ, २१ भदौ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले इमान्दारपूर्वक कानुनको साथ लिएर काम गर्ने निजामती कर्मचारीलाई सहयोग गरिने बताउनुभएको छ ।

प्रशासकीय अदालतको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले राष्ट्रसेवकलाई सम्बोधन गर्दै भन्नुभयो, “राष्ट्र निर्माण गर्ने अभिभारा तपाईँहरूकै हातमा छ, राष्ट्रको विकास गर्छु भन्नुस्, साथ दिन तयार छु, सक्दिन भन्नुस्, बिदा दिन पनि तयार छु ।”

मन्त्री पण्डितले भन्नुभयो–“थुप्रै कर्मचारीले अधिकांश समय राष्ट्र सेवाभन्दा आफ्नै सेवामा केन्द्रित भएर काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । ”
मुख्यसचिव डा सोमलाल सुवेदीले कर्मचारीको हेलचेक््रयाइँबाट ठुल्ठुला अपराधी छुटेको बताउनुभयो । मातहतका कर्मचारीलाई दिइने विभागीय सजायमा बढुवा नै नहुने अवस्थामा बढुवा रोक्का र अन्तिम ग्रेड खाइसकेका अवस्थामा ग्रेड रोक्का गरेर झारा टार्ने हिसाबले कारबाही गरिएका कतिपय मुद्दा प्रशासकीय अदालतको प्रतिवेदनले औँल्याएको बताउनुभयो ।
उहाँले आगामी दिन अदालतमा मुद्दा नपर्ने गरी न्यायिक मनको प्रयोग गरेर कारबाही अघि बढाउन सुझाव दिनुभयो ।

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले विगतमा ठूला अपराधीलाई पनि सामान्य कारबाही गरेर उन्मुक्ति दिँदा दण्डहीनता मौलाएको हुँदा कानुनबमोजिम सजाय दिन विगतमा प्रारम्भ गरिएको पहललाई वर्तमान नेतृत्व तहले पनि निरन्तरता दिनुपर्छ भन्नुभयो ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सुशासनका लागि विगतमा गरिएका निर्णयलाई मुख्य सचिव र अन्य मन्त्रालयका सचिवले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको र अब राजनीतिक तहबाट प्रतिबद्धता जनाउनु आवश्यक छ भन्नुभयो ।

सो अवसरमा उक्त अदालतमा उल्लेखनीय काम गर्ने कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । रासस