३० आश्विन २०८३, शुक्रबार

सुशील, केपी र प्रचण्डलाई गच्छदारको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gachhedarकाठमाडौं, २१ भदौ । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलका कारण देश द्वन्द्वमा फस्ने चेतावनी दिनुभएको छ ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गच्छदारले अधिकारसम्पन्न संविधान बनाउने जनताको वर्षाैदेखिको सपना पूरा हुने समयमा प्रमुख दलका शीर्ष नेताको वेवास्ताका कारण देश द्वन्द्वमा जाने चेतावनी दिनुभएको हो ।

मधेसी, थारु, आदिवासी र जनजातिको माग बेवास्ता गरेर संविधान जारी गर्ने प्रयत्न गरिँदै छ जस कारण मुुलुक फेरि द्वन्द्वमा फस्न सक्छ,’ चेतावनी दिँदै उहाँले भन्नुभयो-‘हिमाल, पहाड र मधेसमा बस्ने सबैलाई स्वीकार्य हुने संविधान आउनुपर्छ । अन्यथा मुुलुक फेरि द्वन्द्वमा फस्नेछ ।’

यदि मधेसी, थारु, आदिवासी र जनजातिको माग बेवास्ता गरी संविधान निर्माण भए त्यसपश्चात उत्पन्न हुने द्वन्द्वको जिम्मेवारी प्रधानमन्त्री, केपी ओली र प्रचण्डले लिनुपर्ने गच्छदारको भनाई छ ।

आदिवासी, थारु र मधेशीको आवाजलाई सम्बोधन नगर्ने तीन दलको रणनीतिका कारण आफू संविधानसभाबाट बाहिरिने तयारीमा रहेको स्मरण गराउँदै उहाँले पिछडिएको समुदायको माग सम्बोधन नभएसम्म संविधान निर्माण प्रक्रियामा सहभागी नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-‘माग सम्बोधन नभए चौथो शक्ति शान्तिपूर्ण र दबाबमुलक आन्दोलनमा जान्छ ।’