२१ कार्तिक २०८३, शनिबार

जन्मदिनमा योगेश भट्टराईको प्रशंसनीय कामः भूकम्पपीडित बालकलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yogeshbhattrai

काठमाडौं, २१ भदौ । मानिसहरु जन्मदिनमा पार्टी, तडकभडक तथा आफन्त, साथीभाई सँग रमाइलो गरेर मनाउँछन् तर, नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले छुट्टै तरिकाले जन्मदिन मनाएका छन् ।

पछिल्लो समय सामाजिक कार्यमा अग्रसर नेता भट्टराईले भूकम्पपीडित बालकको पढाई खर्चमा सहयोग गर्दै आफ्नो ४९औं जन्मदिन मनाएका हुन् । उनले वैशाख १२ गतेको विनाशकारी भूकम्पमा आमा गुमाएका काठमाडौं क्षेत्र नं. ६ तारकेश्वर नगरपालिका–६ का विराज अधिकारीलाई पढ्नका लागि सहयोग गरेका छन् ।

भट्टराईले आफ्नो जन्मदिनको अवसरमा सोमबार विराजलाई १० हजार आर्थिक सहयोग गरे ।अर्को शैक्षिक सत्रदेखि विराजको पढाइका लागि छात्रवृत्तिको व्यवस्था समेत गर्ने नेता भट्टराईको योजना छ ।

अधिकारीकी आमा भगिरथीको गत बैसाख १२ को भूकम्पमा मृत्यु भएको थियो । विराज दिदिदीरुको संरक्षणमा काभ्रेस्थलीको स्थानीय कालीदेवी मााध्यामिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत छन् ।

भूकम्पमा आमा गुमाएपछि बिराजको पढाइ संकटमा परेको थियो । उनलाई अर्को वर्षदेखि छात्रबृत्तिको व्यवस्था गरीदिने पनि सचिव भट्टराईले प्रतिबद्धता जनाएका छन् । जन्मदिनमा बालकलाई सहयोग गर्न पाएकोमा भट्टराईले खुसी व्यक्त गरे ।

सचिव भट्टराईले गत वर्षको जन्मदिनमा आमाबुवाको नाममा ट्रष्ट स्थापना गरेर पढ्न बञ्चित बालबालिकालाई सहयोग गर्ने घोषणा गरेका थिए । उनले दाजु मातृकासँग मिलेर आमा महेन्द्रदेवी र बुुबा भीमलालको नाममा ट्रष्ट स्थापना गरेका हुन् । भट्टराई २०२३ सालमा ताप्लेजुङको साँघुमा जन्मिएका हुन् ।