२१ कार्तिक २०८३, शनिबार

दिनदहाडै गोली चलाउने शेर्पालाई समात्दा राजधानीमा प्रहरीमाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logoकाठमाडौं, २१ भदौ । आइतबार अपराह्न काठमाडौंको जोरपाटीमा गोली चलाउने ३० बर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गर्दा प्रहरीमाथि आक्रमण भएको छ ।

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु भगवानपाउ बस्ने दोलखा विगु घर भएका ३० बर्षीय तेन्जिङ शेर्पालाई आइतबारै प्रहरीले १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोली सहित पक्राउ गरेको थियो ।

शेर्पाले गोकर्णेश्वर नगरपालिका–१२ नारायणटार लामा पेट्रोल पम्म नजिकै हेलम्बु बसपार्कमा सर्लाही घर भएका २४ वर्षीय राजकुमार वाइवामाथि गोली प्रहार गरेका थिए । गोली फायर भएको खबर पाएपछि घटनास्थल पुगेको महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शेर्पालाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

शेर्पालाई पक्राउ गरी ल्याउने क्रममा घटनास्थलमा एक समूहले प्रहरीको बा.१ झ १२७ नम्वरको गाडीमा ढुंगा प्रहार गर्दा सिसा चर्केर क्षति भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।