१० कार्तिक २०८३, मंगलबार

विवाहित महिलालाई बलात्कार गर्दा…!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeedइलाम, २१ भदौ । महिलालाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पशुपतिनगर–९ का फुर्वा काँइला भनिने फुर्वा योल्मुलाई मुलुकी ऐन जबर्जस्ती करणी महलको कसुर पुष्टि गर्दै सोही महलको ३ (५) बमोजिम पाँच वर्ष छ महिना कैद र सोही महलको १० नं बमोजिम पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

पशुपतिनगरकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा गत साउन १९ गते योल्मुलाई प्रहरीले पक्राउ गरी भदौ १ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । रासस