२१ कार्तिक २०८३, शनिबार

आन्दोलनका कारण शिक्षक आउन नसक्दा पढाइ प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtजाजरकोट, २१ भदौ । जाजरकोटका विद्यालयमा पढाउने तराई क्षेत्रका शिक्षक आन्दोलनका कारण आउन नसक्दा पढाइ प्रभावित भएको छ ।

जाजरकोट जिल्लाका विभिन्न विद्यालयमा गणित, विज्ञान विषय पढाउने शिक्षक आउन नसकेका हुन् ।

दीपेन्द्र मावि सक्लामा कार्यरत शिक्षक चन्द्रदेव साह छिट्टै विद्यालयमा आउने मन भएपनि आन्दोलनले यातायात सञ्चालन नहुँदा समयमा विद्यालय आउन नसकेको बताउनुहुन्छ ।

उहाँ जस्तै अर्का भगवती प्रावि नायकवाडा तोलखानामा पढाउने शिक्षक चन्द्रशेखर यादवको गुनासो पनि त्यस्तै छ घरबाट विद्यालयमा आउन खोज्दा श्रीमती, छोराछोरीले रुँदै आन्दोलनका बेला नजान आग्रह गर्ने गरेको बताउनुहुन्छ ।

आन्दोलनका समयमा जतिखेर जे पनि हुने भएकाले घर नछोड्न परिवारले दबाब दिन थालेको तराई क्षेत्रका शिक्षकले टेलिफोनमार्फत जिल्ला शिक्षा कार्यालय जाजरकोटलाई खबर गर्ने गरेका छन् ।

घर परिवारलाई छाडेर राति उठेर बस सञ्चालन हुने ठाउँमा जाँदा यातायातका साधन आँखै अगाडि जलाएको देख्दा झनै मन डराएर आउँदा विद्यालयसम्म आउन साहस नपुगेको अर्का शिक्षक रामनारायण यादवले टेलिफोनमार्फत बताउनुभयो ।

वैशाखदेखि असारसम्म डोल्पामा पाइने यार्सागुम्बाका कारण यहाँका विद्यार्थीको पढाइ हुन सकेन भने साउन १५ देखि खुलेका विद्यालयमा विभिन्न किसिमका आन्दोलनका कारण शिक्षक नआउँदा पढाइ प्रभावित हुँदै आएको विद्यालयले बताउँदै आएका छन् ।

यी शिक्षक समयमा नआए पनि तलब भने पूरै खाने गरेका छन् । रासस