२१ कार्तिक २०८३, शनिबार

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमडौं, २१ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आगामी संघर्षका नयाँ कार्यक्रमका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी मुख्यलय सुकेधारमा आज बस्ने बैठकमा आन्दोलनका नयाँ कार्यक्रमका विषयमा छलफल हुने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

‘संघर्षका नयाँ कार्यक्रम र भावी योजनाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको आकिस्मक बैठक बोलाइएको हो’, उहाँले भन्नुभयो, ‘बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुन्छ ।’

हिन्दुराष्ट्र स्थापनाको अभियानमा सडक आन्दोलन गर्दै आएको राप्रपा नेपालले संविधानसभामा आफ्नो उपस्थिति जोडदार रुपमा देखाउँदै आएको छ । बैठक मध्यान्ह १२ बजेपछि बस्ने कार्यक्रम छ ।