२१ कार्तिक २०८३, शनिबार

‘कांग्रेस, एमाले र एमाओवादीविरुद्ध विद्रोह गर्नुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manish-Suman-Sadbhawanaकाठमाडौं, २१ भदौ । सद्भावना पार्टीका महासचिव मनीष सुमनले प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीले मधेशी र थारुका मागका विषयमा जानकारी छैन भनेर दिएको अभिव्यक्तिको कडा आलोचना गर्नुभएको छ ।

दैनिक नेपालसँग आज बिहान कुरागर्दै महासचिव सुमानले प्रमुख दलका शीर्ष नेताहरूले मधेश र थारु आन्दोलनलाई चिडाउने गरी दिने अभिव्यक्तिको विरोध गर्नुभयो । ‘एमाले अध्यक्ष केपी ओलीले मधेशी र थारुको माग थाहा छैन भन्नुहुन्छ’, सुमनले भन्नुभयो, ‘यो देश कति मुर्ख नेताले चलाइ रहेको छ भन्ने पुष्टि हुन्छ ।’

महासचिव सुमनले थारु र मधेशीहरूको माग सम्बोधन गर्न तदारुकता नदेखाउने कांग्रेस, एमाले र एकीकृत माओवादीमा सभासदहरूलाई बसिरहनुको कुनै अर्थ नहुने बताउनुभएको छ । ‘कांग्रेस, एमाले र एकीकृत माओवादीका सभासदहरूले अब न्यायापूर्ण विद्रोह गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अधिकार र पहिचानका लागि आफ्नै दलका नेता र सभासदले भनेको नमान्नेहरूविरुद्ध विद्रोह गरौँ ।’

थारु र मधेशीले अगाडि सारेका मागलाई संविधानको विधेयकमाथि प्रमख तीन दलले शनिबार राति दर्ता गराएको संशोधन प्रस्तावले नसमेटेको जनाएका मधेश केन्द्रित राजनीतिक दलले आफूहरूको आन्दोलनलाई अझै सशक्त बनाउने जनाइसकेका छन् । उनीहरू सरकारलाई आन्दोलनबाट घुँडा टेकाउने अभियानमा जुटेका छन् ।

माग सम्बोधन गर्ने विषयमा प्रमुख तीन दल र सरकारले वेवास्ता गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूले आन्दोलनका विषयमा आन्तरिक गृहकार्य पनि थालेका हुन् । सद्भावनका महासचिव सुमनले मधेशी मोर्चाका शीर्ष नेताहरूले तराई मधेशमा बसेर आन्दोनलको कमाण्ड गर्ने उल्लेख गर्नुभयो ।