१० कार्तिक २०८३, मंगलबार

ज्यानमार्ने मुद्दाका अभियुक्त तीन वर्षपछि पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailखोटाङ, २१ भदौ । जिल्लाका एक महिलालाई कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विसं २०६९ पुस ६ गते स्थानीय गोमा परियारलाई कुटपिट गरी गम्भीर घाइते बनाउने खार्पा–९ का ५० वर्षीय मानबहादुर सार्कीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतले चार वर्ष ११ महिना कैद सजायको फैसला सुनाइएका सार्की २०६९ साल माघ ७ गतेदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

महिलालाई निर्घात कुटपिट गरी घाइते बनाएर फरार सार्कीलाई आइतबार प्रहरीले घरैबाट पक्राउ गरेको माझीको भनाइ छ ।

महिलालाई कुटपिट गरी फरार सार्कीविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योग दर्ता भएको थियो । उनलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।

पछिल्लो समय प्रहरीले लामो समयदेखि फरार अभियुक्त पक्राउ अभियान सञ्चालन गरिरहेको छ । यसका लागि अधिकृतको नेतृत्वमा विशेष टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माझीले बताउनुभयो । रासस