२१ कार्तिक २०८३, शनिबार

पशुपतिले लोकेन्द्र र सुनिलसँग यसरी बदला लिए, आपूर्तिमन्त्रीलाई फिर्ता बोलाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunil-Bahadur-Thapaकाठमाडौं, २० भदौ । राप्रपाले वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई सरकारबाट फिर्ता बोलाएको छ ।

राजधानीमा आइतबार बसेको राप्रपा संस्थापन समूहको आकिस्मक बैठकले थापालाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्री थापाले लोकेन्द्रबहादुर चन्दलाई सहयोग गर्ने निर्णय गरेपछि राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले यस्तो निर्णय गर्नुभएको हो ।

राप्रपाको अध्यक्ष दाबी गर्नुभएका चन्दले आफ्नो पक्षमा बहुमत निर्णय रहेको भन्दै आइतबार निर्वाचन आयोगमा जानकारी समेत दिनुभएको थियो ।

त्यसै गरी अध्यक्ष राणाले केन्द्रीय सदस्यमा मनोनयन गरिएका १६ केन्द्रीय सदस्यलाई कारबाही गरी पार्टीबाट निष्कासन गर्नुभएको छ ।