१० कार्तिक २०८३, मंगलबार

काठमाडौंमा राति गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolकाठमाडौं, २० भदौ । वैदेशिक रोजगारीबाट फर्किएका एक युवकमाथि काठमाडौंमा गोली प्रहार भएको छ ।

सर्लाही घर भएका २४ वर्षीय राजकुमार वाइवामाथि आइतबार राति काठमाडौंको जोरपाटीमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागि घाइते भएका उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनको गालामा चोट लागेको छ । वैदेशिक रोजगारीबाट विदा लिएर वाइवा केही दिनअघि साउदी अरबबाट नेपाल आएका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले वाईवालाई गोली हान्ने स्वयम्भुका तेन्जिङ शेर्पालाई पक्राउ गरिएको बताए । उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने म्यागजिन बरामद गरेको छ । घटनाको कारण खुल्न सकेको छैन् ।