२१ कार्तिक २०८३, शनिबार

भूकम्पपीडितको त्रिपालमा भ्रष्टाचार गर्ने सहरी विकासका उपसचिवसहित ८ विरुद्ध मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aakhtiyarकाठमाडौं, २० भदौ । भूकम्प पीडितको त्रिपालमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहरी विकास मन्त्रालयका उपसहिचवसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार सहरी विकासका उपसचिव होमनाथ भट्टरार्इ र रामकृष्ण गुरागार्इँ, नासु युवराज गिरी, नेपाल उद्योग बाणिज्य महासंघका निर्देशक हंसराज पाण्डेय, लक्की ए एस इन्टरप्राइजेजका सुनिलकुमार गौतम, दीपकिरण प्रिन्टङका रामशरण कुँवर, मता इन्टरप्राइजेजका कृष्णहरि चौलागाईं र अजय शुभ ट्रेडर्स मोतीलाल पोखरेलविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

अख्यितारले मन्त्रालयका उपसचिव गुरागाईँ, भट्टराई र नायव सुब्बा स्टोरकिपर गिरीविरुद्ध २ करोड ३६ लाख ७६ हजार एकसय ९१ रुपैयाँ बिगो जरिवाना असूल उपर गर्नुपर्ने भन्दै मुद्दा दायर गरेको हो ।

त्रिपाल खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्की, सहसचिव बासुदेव गुरागाई र सहसचिव विशेष खरिद समितिका संयोजक शम्भु केसी, समितिका सदस्य निलमकुमार डंगोल र नारायण निरौलालाई विभागीय कारवाही गर्न सिफारिस समेत गरेको छ ।