२१ कार्तिक २०८३, शनिबार

राणालाई अपदस्थ गर्दै राप्रपाको अध्यक्षमा चयन भएपछि लोकेन्द्र चन्दले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra-chandकाठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा लोकेन्द्र बहादुर चन्द चयन हुनभएको छ ।

पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले अहिलेका अध्यक्ष पशुपति शम्सेर राणालाई अपदस्थ गर्दै पार्टीका बरिष्ठ नेता चन्दलाई नयाँ अध्यक्षको रुपमा चयन गरेको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अध्यक्षमा चयन भएपछि चन्दले भन्नुभयो-‘पार्टीका १०३ जना केन्द्रीय सदस्यमध्ये ६२ जनाको हस्ताक्षरमा बहुमतले मलाई अध्यक्षमा चयन गरेको छ । पार्टी विधान अनुसार म यसअघि नै अध्यक्ष हुनुपर्ने भएपनि आज मेरो दाबी पूरा भयो ।’ पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफूलाई पार्टी अध्यक्षमा बहुमतले चयन गरिएको कुरा निर्वाचन आयोगलाई जानकारी गराइएको बताउनुभयो ।

‘पूर्व सहमति अनुसार अध्यक्ष हुनुपर्ने मेरो दाबी आज पूरा भएको छ, अब पार्टीलाई सक्रिय रुपमा अगाडि बढाउँछौं’ उहाँले भन्नुभयो । अपदस्थ अध्यक्ष राणालाई पार्टीको वरिष्ठ नेतामा चयन समेत गरिएको छ ।उहाँले पार्टी नफुटेको पत्रकार सम्मेलनमा स्पष्ट पार्नुभयो ।