१० कार्तिक २०८३, मंगलबार

राप्रपाको अध्यक्षमा लोकेन्द्र चन्द चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokendra_bdr_chandकाठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर जबरालाई पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले बर्खास्त गरेका छन् ।

राणालाई बर्खास्त गर्दै बरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दलाई केन्द्रीय सदस्यहरुले अध्यक्षमा चयन गरेका छन् । राप्रपाका नेता भरत चन्दका अनुसार दुई तिहाई केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित नयाँ अध्यक्षमा चन्दलाई चयन गरिएको निर्णय निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।

राप्रपामा १ सय ९ सदस्यीय केन्द्रीय समिति छ । विगतमा भएको सहमति अनुसार आफूले अध्यक्ष नपाएको भन्दै चन्द असन्तुष्ट थिए ।

सूर्यबहादुर थापाले सुटुक्क नेतृत्व पशुपति शमशेर राणालाई सुम्पिएपछि चन्द समूह निकै असन्तुष्ट भएको थियो ।