२१ कार्तिक २०८३, शनिबार

आन्दोलन, बन्द र निषेधाज्ञाले सुदूरपश्चिममा गौरा पर्व प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaura-parvaधनगढी, २० भदौ । स्थानीय प्रशासनले लगाएको लगातारको निषेधाज्ञाका कारण सुदूरपश्चिमेलीको मौलिक गौरा पर्व धनगढी सहज रुपमा मनाउन नपाई प्रभावित भएको छ ।

दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञासँगै धनगढी नगर क्षेत्रलाई निषेधित क्षेत्रसमेत घोषणा गरिएपछि आफूहरुले सहज रुपमा पर्व मनाउन नपाएको श्रद्धालु नगरवासीले गुनासो गरेका छन् ।

शुक्रबार सप्तमी तिथीका दिन गौराघर तथा मन्दिरमा धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको थियो । गौराघर अथवा मन्दिरमा सर्वसाधारण भेला हुन पाएनन् ।

बाह्र दिनदेखि धनगढी नगर क्षेत्रमा दिउँसोको समयमा निषेधाज्ञा जारी गरिएकामा निषेधाज्ञाको समयबाहेकको समयमा समेत प्रदर्शन, सभा, जुलुस गर्न नपाइने गरी केही दिनदेखि निषेधित क्षेत्रसमेत घोषणा गरिएको छ ।

सुदूरपश्चिमका अन्य जिल्लामा भने यो पर्व निर्वाध रुपमा सर्वसाधारणले मनाइरहेका छन् ।

धनगढी नगर क्षेत्रमा कृष्णजन्माष्टमी पर्वका अवसरमा निकालिने भव्य डोल जात्रा (शोभा यात्रा) समेत लगातारको निषेधाज्ञाका कारण प्रभावित हुने भएको छ । शोभा यात्रा कृष्णजन्माष्टमीको दोस्रो दिन निकालिने गरिएको छ ।

टीकापुर घटनापछि स्थानीय प्रशासनले धनगढीमा मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म निषेधाज्ञा लगाउँदै आएको छ । रासस